बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपा अध्यक्ष लिङ्देनव्दारा गृहमन्त्री लामिछानेको राजीनामा माग


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २७, २०८०
  • 34
    SHARES

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन गृहमन्त्री लामिछानेको राजीनामाको माग गर्नुभएको हो ।

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थप भयो ।’

यसैबीच प्रदर्शनको क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो ।

जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा आफ्ना केही कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले जनाएको छ । राप्रपा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको रुपमा रहेको छ ।

प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा केही असहज भएको देखिन्थ्यो । सिंहदरबार अगाडिको मुख्य सडकमा झण्डै दुई घण्टादेखि सवारीसाधन चलेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }