मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नाउपा सांसद लक्ष्मण किशोर चौधरीको दावी

काँग्रेस र एकीकृत समाजवादीका सांसदहरुको समर्थन


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २, २०८१
  • 253
    SHARES

काठमाडौँ-  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गर्नु भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो ।

यसअघि आज विहान सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाबीच बालुवाटारमा भएको छलफलमा नाउपालाई मुख्यमन्त्री दिने सहमति बनेको थियो । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिमम सरकारको पहिलो नेतृत्व नाउपाले गर्ने सहमति जुटेको  र सत्ता गठबन्धनसँग मिलेर सरकार बनाउने बताइरहँदा  उता बैकल्पिक गठबन्धन बनेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)