बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १३, २०८१
  • 378
    SHARES

कर्णाली। नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको तेस्रो बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुरेश अधिकारीले चालु आव २०८० र ८१ का लागि सार्वभौम सदनले पारित गरेका योजना कार्यान्वयन ल्याउनभन्दा सरकारले रोकेको जनाउँदै विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “रु १५ लाखका योजना जिल्लामा लगत अनुमान भई कार्यान्वयनका लागि सम्झौता गर्दासमेत रोकिएका छन् । रातो किताब आएका योजना के–कति कारणले रोकिएका हुन् रु सरकारले स्पष्ट कारणसहितको जवाफ दिनुपर्छ ।”

धेरै जसो जिल्लामा सहमति बेगर पनि रु १०–१५ लाखका सञ्चालन भएर सम्पन्न भइसकेको तर भद्र सहमति कार्यान्वयनमा नआएको भन्दै सदस्य अधिकारीले सार्वभौम सदनबाट पारित भई स्रोत सुनिश्चितता भएका र रातो किताबमा आएका योजना कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

रातो किताब आएका तर अहिले अगाडि बढ्न नदिएका योजना सञ्चालन नहुन्जेल र कांग्रेसले राखेका माग सरकारले यथाशीघ्र सम्बोधन नगरेसम्म सदनका काम कारवाही अगाडि बढ्न नदिने अडान राखेर सभा अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले आजको बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)