आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली


  • सुशिल कोईराला , रसुवा
  • आइतवार, भदौ २, २०८१
  • 222
    SHARES

रसुवा । नेपाल विद्युत् प्राधिकरण रसुवा बितरण केन्द्रले रसुवाको पबित्र एबं धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा विद्युत् सेवा पु¥याएको छ ।

रसुवा बितरण केन्द्रका प्रमुख संन्जिप भट्टराईका अनुसार गोसाइँकुण्डमा शुक्रबार बाट रास्ट्रियप्रशारण लाईनको एघार केभि को विद्युत् लाइन जडान गरि विद्युत् सेवा सुरु गरिएको हो । भट्टराईका अनुसार दश महिनाको अबधिमा तीन करोड रुपैयाँ बराबर को लागतमा चन्दनबारी देखि गोसाईकुण्ड सम्म आठ किलोमिटर लाइन तानी बत्ती बाल्न सफल भएको हो ।

गोसाइँकुण्डमा बिद्युत सेवा पु¥याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिका लगायत सरोकारवाला निकाय तथा स्थानीयले सहयोग रहेको रसुवा बितरण केन्द्रले जनाएको छ । गोसाईकुण्ड मेलाको पुर्ब संन्ध्यामा बत्ती बाल्न सफल भए संगै तीर्थालु भक्तजनका साथै स्थानीय होटल व्यवसायीहरुको दैनिकी जीवनमा समेत सहजता भएको गोसाइँकुण्डका होटल ब्यबसायी युबराज तामाङले बताउनुभयो ।

गत बर्ष नेपाल टेलिकमले गोसाईकुण्ड मेलाकै पूर्ब संन्ध्यामा थ्री जि सेवा संन्चालन गरेको थियो । जिल्लाको सबै जसो स्थानमा रसुवा बितरण केन्द्रले बिद्युत जडान गरिसकेको अबस्थामा जिल्लाको उच्च स्थानमा रहेको यस स्थानमा विद्युत् लाइन विस्तार भए सँगै यस क्षेत्रको वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने अपेक्ष गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)