मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ४, २०८१
  • 137
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रदेशसभाको चौंथो अधिवेसनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको छ ।

नेपाली कांग्रेसका २७ र नेकपा एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दुई ठूला राजनीतिक दल विचको समीकरणका आधारमा मुख्यमन्त्री आचार्य विश्वासको मतको परिणामप्रति ढुक्क छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । एमालेले विश्वासको मत दिन सांसदहरूलाई ह्वीप लगाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

यस्तै, कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप लगाएका छन् ।

सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई ह्वीप जारी गरेको जानकारी दिए । लुम्बिनीका साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने योजना बनाएका छन् ।

सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १७ सदस्य रहेका छन् ।

विपक्षमा रहेकाहरुको समेत मत लिनेगरी सत्तासाझेदार दलभित्र तयारी छ । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)