शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गैँडाकोटमा निःशुल्क मुख तथा दन्त परिक्षण सम्पन्न


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ६, २०८१
  • 474
    SHARES

काठमाडौँ, ६ भदौ । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका ११ हर्कपुरमा मुख तथा दन्त परिक्षण सम्पन्न भएको छ ।

चितवनको कान्तिपुर डेन्टल सेन्टर पुल्चोक नारायणघाट र भरतपुर एयरपोर्ट अगाडिको पुल्चोक शाखाले नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका ११ हर्कपुरस्थित मुकुन्दसेन अंग्रेजी विद्यालयमा अध्ययरत विद्यार्थीलाई निःशुल्क मुख तथा दन्तपरिक्षण गरेको हो ।

दन्त चिकित्सक डा रितु भण्डारी, डा प्रेरना श्रेष्ठ, डा. तेजस्विनी, डेन्टल हाईजेनिष्ट उन्नती गुरुङ, दन्त सहायक सबिता गुरुङ र संयोजक शोभा अधिकारीले मुख तथा दन्तपरिक्षणका साथै मुख तथा दन्तशिक्षा प्रदान गर्नुभएको थियो ।

कुल ११९ जना विद्यार्थीमा गरिएको मुख तथा दन्तपरिक्षणमा अधिकांश बच्चामा दाँत किराले खाने समस्या भेटिएको डा प्रेरणा श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त परिक्षणका क्रममा ४० जनाको दाँत हल्लिएको, २० जनाको दाँतको जरा देखि नै उपचार गर्नुपर्ने र धेरैको दाँत सफा गर्नुपर्ने देखिएको थियो ।

उक्त सेन्टरले आगामी दिनमा चितवन र नवलपुरका दुरदराजमा रहेका जनतालाई निःशुल्क मुख तथा दन्तपरिक्षण गर्ने तथा शिक्षासमेत प्रदान गर्ने लक्ष्य राखेको भरतपुर शाखाकी डेन्टल इन्चार्ज डा अस्मिता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)