आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशबाट विस्तार गरिएका सबै सडक कालोपत्र गर्छौं : मुख्यमन्त्री तामाङ


  • माउन्टेन खबर
  • बुधबार, भदौ १९, २०८१
  • 135
    SHARES

त्रिशूली ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताउनुभएको छ ।

नुवाकोटको बेलकोटगढी–७ मा आजदेखि सुरु भएको ‘तीज पर्व विशेष रमाइलो मेला’को उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले सडकमा लगानी गर्ने तर, संरक्षण नहुने प्रवृत्ति अन्त्य गर्न विस्तार भएका सबै सडकलाई अनिवार्य कालोपत्र गर्ने कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

“कुन सडक, कुन सरकारको दायित्वमा पर्छ भन्ने पहिचान नहँुदा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “जुन सरकारले लगानीमा निर्माण गरिएको छ । सोही सरकारबाट नै संरक्षण र सम्वर्द्धनको जिम्मेवारी लिनुपर्छ भनेर तीन तहका सरकारबीच छलफल भइरहेको छ । आफ्नो दायित्वभित्रका सडकलाई कालोपत्र गर्ने जिम्मेवारी पूरा गर्न प्रदेश सरकार तयार छ ।”

सरकारको लगानीको ठूलो हिस्सा सडकमा गरे पनि सोहीअनुसार जनजीवन सहज बनाउन र आर्थिक रुपान्तरणमा जोड दिन नसकेको मुख्यमन्त्री तामाङले बताउनुभयो । सडक विस्तार भइरहेको भन्दै प्रदेश सरकारले नयाँ ट्र्याकको विस्तार नगर्ने र यसअघि विस्तार भइसकेकालाई प्राविधिक अध्ययनपश्चात् व्यवस्थित गरिने उहाँको भनाइ छ ।

“अध्ययन, आवश्यकता र दिगोपनमा ध्यान नदिइ जथाभावी विस्तार भएका सडकले विकास होइन, समस्या निम्त्याएको छ,” मुख्यमन्त्री तामाङले भन्नुभयो, “सडकलगायत पूर्वाधार निर्माणमा प्राविधिक  (इञ्जिनियर)को सिफारिस अनिवार्य बनाइ तोकिएको अवधिसम्म उपभोगको सुनिश्चित बनाउन सक्नुपर्छ ।”

बेलकोटगढी नगरपालिका–७ को कार्यालय र न्यू भिजन युवाक्लबको आयोजनामा बेलकोटगढी–७ स्थित खेल मैदानमा आजदेखि सुरु भएको तीज विशेष रमाइलो मेला (महोत्सव)आगामी भदौ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)