काठमाडौं- गत बिहीबार देखीको अविरल वर्षाले बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।
विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा हुँदा विपद्जन्य घटनाहरूमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालले व्यहोरिरहेको छ ।
काठमाडौँमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठुलो बाढी आउँदा नागरिकहरूलाई बगायो ।
धेरैको उद्धार भए पनि केही मानिसहरूको ज्यान गएको छ । नदी किनार छेउका बस्ती, पसल, होटेल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो ।
यही सेरोफेरोमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढी र डुबानपछिको काठमाडौँ उपत्यकाका केही तस्बिरहरू ।




















न्युज एजेन्सी नेपाल
