आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

८ किलो सुनसहित हेटौंडाबाट २ जना पक्राउ


  • माउन्टेन खबर
  • शनिबार, अशोज १९, २०८१
  • 163
    SHARES

काठमाडौं – हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् । शङ्काका आधारमा स्कुटर रोकी चेकजाँच गर्दा बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको जनाइएको छ ।

उनीहरुले टेपको सहायकले बाँधेर शरीरमा रुमाले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको प्रहरीले जनाएको छ ।  रामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)