शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी


  • माउन्टेन खबर
  • आइतवार, अशोज २०, २०८१
  • 131
    SHARES

काठमाडौं – पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनु भयो । गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले गर्भधारण गरेका र सुत्केरी महिलाहरूलाई मानसिक तनाव, उदासीनता जस्ता मानसिक समस्याहरूको जोखिम अझ बढी हुने बताउनु भयो ।

उहाँकाअनुसार विकसित देशहरूमा करिब १० प्रतिशत सुत्केरी महिलाहरूमा मानसिक समस्या देखिने गरेको छ । नेपाल जस्ता न्यून आय भएका देशहरूमा २० प्रतिशत महिलाहरूलाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताउनु भयो ।

उहाँले सुत्केरी पश्चात् एक वर्षभित्र मृत्यु हुने महिलाहरूमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको बताउनु भयो । उहाँले नेपालको अवस्थामा १०९८, २००८ र २०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरूमा प्रजनन उमेरका महिलाहरूको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको बताउनु भयो । सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुल मातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानीजानी गरिएको आत्महत्याबाट हुने गरेको तथ्याङ्कले देखाएको बताउनु भयो ।

उहाँले गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने डा. अधिकारीले बताउनु भयो । स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज, मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको छ । त्यसमाथि गर्भधारण रहेका, सुत्केरी महिलाहरूलाई मानसिक तनाव, उदासीनता जस्ता मानसिक समस्याहरूको जोखिम अझ बढी हुन्छ । विकसित देशहरूको तथ्याङ्क हेर्ने हो भने करिब १० प्रतिशत सुत्केरी महिलाहरूमा मानसिक समस्या देखिने गरेको छ भने नेपाल जस्ता न्यून आय भएका देशहरूमा २० प्रतिशत महिलाहरूलाई गर्भवती, सुत्केरी अवस्थामा यस्ता मानसिक समस्या हुने देखाएको छ ।

सुत्केरी पश्चात् एक वर्षभित्र मृत्यु हुने महिलाहरूमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको छ । नेपालको अवस्था हेर्ने हो भने १०९८, २००८ र २०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरूमा प्रजनन उमेरका महिलाहरूको मृत्युको मुख्य कारणमध्ये आत्महत्या पर्दछ ।

सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुल मातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानीजानी गरिएको आत्महत्याबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।

गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर पर्दछ ।

स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज रहेको मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको देखिन्छ ।’

उहाँले मानसिक समस्याहरूको समयमै पहिचान गरे भएका साधन श्रोतबाट उपचार सम्भव रहेको बताउनु भयो । नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने ब्लड स्पट टेस्टलाई न्यु बर्न स्क्र्यानिङ टेस्ट भनिन्छ । यो जाँच गर्दा शिशुको कुर्कुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखी मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ ।

मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरू देखा पर्दै जाने र अन्त्यमा मृत्यु हुने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्न सके मृत्युबाट बचाउन सकिने चिकित्सकहरू बताउँछन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा २०७८ साल मङ्सिर देखी २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरूमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरूमा विभिन्न किसिमको वंशाणुगत रोगहरू देखिएको निर्देशक अधिकारीले बताउनु भयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरूको परीक्षण गरेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)