शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोबल आईएमईलाई विश्वकै उत्कृष्ट बैंक अवार्ड


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ११, २०८१
  • 106
    SHARES

काठमाडौं – ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरुमध्येबाट प्रदान गर्ने ‘‘वर्ल्ड वेस्ट बैङ्क अवार्ड–२०२४ ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ ।

अमेरिकामा आयोजित एक कार्यक्रममा ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो । ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष ढकालले भन्नुभएको छ– ‘यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ भन्ने मलाई लागेको छ । यो खुसीको क्षणमा आदरणीय ग्राहक महानुभावहरु, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, ग्लोबल आइएमई बैंकका कर्मचारी र सम्बद्ध सबैमा धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु । साथै यस खुसीको क्षणमा आगामी दिनहरुमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्न हामी थप प्रतिबद्ध रहने प्रण गर्दछौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)