शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०८३
  • 28
    SHARES

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गर्नुभएको छ ।

 

 

शुक्रवार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रिय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उहाँले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र ‘रियलाइजेसन’ (बोध) को आवश्यकता रहेको बताउनु भयो । रियलाइजेसन भनेको केवल आत्मालोचना मात्र नभइ विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप भएको जिकिर गर्नुभयो । सत्यलाई आत्मसाथ गर्नसके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सक्षम हुने बताउनु भयो ।

अध्यक्ष ओलीले हाल पार्टीले ब्यहोरेको धक्का स्वाभाविक भएको भन्दै त्यसबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफ्नो दल पहिलेको ‘दुई–तिहाइ’ को नजिक पुगेको स्मरण गर्दै त्यो नै अन्तिम गन्तव्य नभएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो पार्टी महान उद्देश्यका साथ अघि बढिरहेको छ । त्यसैले सानातिना कुरा, इगो र अनावश्यक विवादमा नअल्झी फराकिलो सोचका साथ अघि बढौँ । हामीतिहाइको अवस्थामा पुगेका थियौँ । तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन । त्यस अवस्थमा रियलाइजेसन हुनुपर्छ–आफू को हौँ, हाम्रो उद्देश्य, कर्तव्य, अनुशासन र जिम्मेवारी के हो भन्ने बुझाइ हुनुपर्छ । त्यससँगै रिजिलियन्स अर्थात धक्का खाए पनि फेरि उठ्ने र अझ बलियो भएर अघि बढ्ने क्षमता विकास गर्नुपर्छ । हामी विगतमा दुईतिहाइको अवस्थामा पुगेका थियौँ । तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन । त्यस अवस्थालाई आधार बनाएर अझ ठूलो उद्देश्यतर्फ अघि बढ्नु हाम्रो लक्ष्य हो । अब केन्द्रिय सदस्यका रूपमा प्राप्त जिम्मेवारीलाई दत्तचित्त भएर पूरा गर्दै आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सफलतापूर्वक अघि बढ्नुहोस् भन्ने विश्वास लिएको छु ।’
नवनियुक्त सदस्यहरूलाई पार्टीको जिम्मेवारी बोध गराउँदै अध्यक्ष ओलीले दत्तचित्त भएर जनताको काममा लाग्न निर्देशन दिनुभयो । उहाँले आफूलाई दिइएको जिम्मेवारीमा सम्पूर्ण सामथ्र्य र बुद्धि लगाउन आह्वान गर्दै पार्टीको भविष्य कार्यकर्ताकै निष्ठामा निर्भर रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)