शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बर्सेनि ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रम मन्त्री भण्डारी


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १२, २०८१
  • 181
    SHARES

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताउनुभएको छ ।

सोमवार काठमाडौँमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताउनु भयो । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरूको सङ्ख्यामा कमी नहुने बताउनु भयो । उहाँले बर्सेनि सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबै कुरा अनुकूल बनिरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभई काम गर्नका लागि बनेको बताउनु भयो । सरकारलाई असफल हुने छुट नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विभिन्न भाष्य निर्माण भएको छ । कहिले बाध्यात्मक भन्छौँ, कहिले स्वैच्छिक भन्छौँ । कहिले अवसरका खोजी भन्छौँ, जे भने पनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन् । तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौँ । हामीले अवसर सिर्जना गर्नुपर्दछ । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि लिएर सबै कुरा अनुकूल हुँदै जानुपर्छ । त्यो अनुकूल हुँदै गइरहेको छ । यो सरकार जसरी निर्माण भएको छ, कसैले अप्रत्याशित भन्छन्, कसैले अप्राकृतिक भन्छन्, म दुवै कुरा हो भन्छु । तर खासमा कामको लागि हो । सरकार मात्रै बनाउने हिसाबले बनेको होइन । कुनै पनि हिसाबले यो सरकारलाई असफल हुने छुट छैन ।’

श्रम मन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)