मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १०, २०८१
  • 115
    SHARES

काठमाडौँ – कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा हुनु भएको छ । मानब तस्कारीको आरोपमा पक्राउ पर्नुभएका अधिकारी बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेपछि उहाँ रिहा हुनु भएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए ।

मुद्दा दायर भएकाहरूमा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतम छन् । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीको हकमा भने संलग्नता पुष्टि हुन नसकेकाले मुद्दा नचलाउने निर्णय गरिएको बताइएको छ ।

अधिकारीले जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिएको, प्रहरीका डिआइजीलाई खबर गरेको देखिएको, जापानबाट तीन जना प्रतिवादीविरूद्धको पत्र प्राप्त भएको देखिएको अर्यालले बताए ।

अधिकारी गत कात्तिक २६ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)