काठमाडौं – सुनचाँदी बजारमा आज सुनको मुल्य २६ सय रुपैयाँले घटेर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कायम भएको छ ।सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।
