शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ: स्वास्थ्य मन्त्री पौडेल


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १३, २०८१
  • 69
    SHARES

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय  बनाउने गरी अघि बढेको बताउनु भयो । उहाँले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले निजी स्वास्थ्य संस्थाहरूले पनि नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभूति गर्न सक्छौँ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरूलाई समाजले फरक ढङ्गबाट बुझ्न सक्नुपर्छ । मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर । यसले देशको सेवा गरिरहेको छ । यसले समाजमा धेरै ठुलो योगदान पुर्‍याएको छ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’

मन्त्री पौडेलले एक लाखको बिमालाई ५ लाख पुर्‍याउने, श्रोतको पक्षबाट बिमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताउनु भयो । उहाँले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्यधिक घाटामा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)