शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उखुको समर्थन मूल्य निर्धारण, पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १४, २०८१
  • 148
    SHARES

काठमाडौं – सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

यसअनुसार अब किसानले उखुमिल अर्थात उद्योगीबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन बाँकी छ ।

देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)