शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


  • माउन्टेन खबर
  • सोमवार, पुस १, २०८१
  • 109
    SHARES

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो ।

आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । आज नेप्सेमा रू पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक दुई दशमलव ०३, होटल तथा पर्यटन दुई दशमलव ३१, जलविद्युत् दुई दशमलव ३६, लगानी एक दशमलव ५६ र जीवन बीमा एक दशमलव ८२ प्रतिशत प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव १६, लघुवित्त एक दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव ९१, निर्जीवन बीमा एक दशमलव ४२ र अन्य समूह एक दशमलव ४५ प्रतिशतले घटेको छ । आजको कारोबारमा दुई सय २७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू २६ करोड ४५ लाख ९० हजार तीन सय ३० बराबरको शेयर किनबेच भएका छन् ।

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर छ लाख १४ हजार ९६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)