शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा


  • माउन्टेन खबर
  • सोमवार, पुस ८, २०८१
  • 107
    SHARES

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो । सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग गरेको हो । समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्नुभयो । सांसद मोदीले समिति भ्रष्टाचार,कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाउनु भयो । उहाँले समिति सभापति आफैँ र परिवारका सदस्यमा समेत धेरै नकारात्मक प्रश्नहरु उठेको भन्दै तत्काल सभापतिमा मार्गप्रशस्त गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ समिति सभापति प्रति केही प्रश्नहरु उठेका छन् । सभापतिलाई थाहा छ । प्रश्न तपाईको परिवारसँग पनि जोडिएको छ । सार्वजनिक लेखा समिति सभापति माथि प्रश्न उठेपछि सरकारलाई सुशासनमा राख्नुपर्ने वा सरकारलाई ब्यालेन्समा राख्नुपर्ने समिति सभापति माथि प्रश्न उठेपछि केही न केही बोल्नुपर्ने हुन्छ । जवाफ दिनुपर्छ । मैले धेरै पटक उठाएको छु । धेरै महिनापछि समिति बैठक बस्यौं । चेक एण्ड ब्यालेन्सको कुरा गर्दा सार्वजनिक लेखा समितिमा सरकार र प्रतिपक्षको विषय पनि छ । आफै सभापति र पार्टी सरकारमा रहेको छ । भ्रष्टाचार र बेथिति हुनुको छायाँ सार्वजनिक लेखासमिति हो भन्ने पनि भएको छ । यो बारेमा सभापति गम्भिर हुनुहुन्छ । सभापतिले मार्ग प्रशस्त गरिदिएको राम्रो । सभापति र परिवारमा पनि प्रश्न उठेको छ । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ । मार्ग प्रशस्त गरे राम्रो हो भन्ने पहिला देखि भन्दै आएका छौं । सार्वजनिक लेखा समितिले धेरै विषयहरु उठाउनुपर्ने छ ।’

उहाँले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिबिरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ माग गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)