आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको बेत्रावतीमा श्राद्ध गर्नेहरुको बिहानैदेखि घुइँचो


  • माउन्टेन खबर
  • सोमवार, पुस १५, २०८१
  • 138
    SHARES

रसुवा- रसुवा र नुवाकोटको सीमा रहेको बेत्रावतीमा पौसे औंसीमा श्राद्ध गर्नेहरुको बिहानै देखि घुइँचो लागेको छ । धार्मिक एवंम् पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौसे औँशीको दिन आज दिवंगत पितृहरूको चीर शान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर श्राद्ध गर्नेको भीड लागेको हो ।

उत्तर गयाधाममा हजारौं हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ति बाल्ने गरेका छन् ।

उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंसीका दिन पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ ।

देवता र दानवले समुद्र मन्थनगर्दा निस्किएको हलाहलनामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौष कृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

पौस कृष्ण औंसीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्ड दान गर्ने चलन छ ।

चार गयामध्ये तीन वटा गया भारतमा पर्छ । भारतमा रहेको चारधामदर्शन गर्नु भन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने भक्तजनको भनाइ छ ।

श्राद्ध गर्नका लागि रसुवासहित नुवाकोट, धादिङ, कठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका स्थान बाट हजारौं मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)