आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ग्रामीण सडक कालोपत्रे हुदैँ


  •  सुशील कोइराला,रसुवा
  • सोमवार, पुस २९, २०८१
  • 766
    SHARES

रसुवा – करिब १०वर्ष अघि कृषि सडकको नाम बाट निमार्ण गरिएको नौ कुण्ड गाउँपालिकामा सडक निर्माणले फड्को मारेको छ ।

जिल्लाको विकट पालिका मध्येको नौ कुण्ड सडक पूर्वाधार विकास कार्यालय मार्फत एकै पटक दश किलोमिटर सडक कालो पत्रे हुन थालेको हो ।

नौ कुण्ड गाउँपालिकाको अम्बास देखि सुरु भएको सडक बागमती प्रदेश सरकारको भ्याट सहित तेत्तिस करोड रुपियाँको लागतमा ढुकुचु कन्स्ट्रकसन काठमाण्डौले काम गरेको हो ।

१० किलोमिटर सडक मध्ये आठ किलोमिटर सडक कालोपत्रे गरिने छ भने दुई किलोमिटर सडक भौगर्भिक अवस्थाका कारण कालोपत्रे नहुने स्थानमा ढलान गरिने बताइएको छ ।

पालिकाको कार्यालय रहेको पार्च्याङलाई जोड्ने गरी सडक कालो गरिए सँगै वषौँदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका छन् ।

दुई वर्षमा सवा छ मिटर चौडाइको बाटो कालोपत्रे गर्ने गरी २०७८।०७९मा काम सम्पन्न गरिने सम्झौता भए पनि कोरोना र लाङटाङ राष्ट्रिय निकुञ्जका कारण र्दुइ वर्ष काम गर्न नसकिए पछि ढुकुचु कन्स्ट्रकसनले दुई पटक म्याद थप गरी आगामी माघ १५ गते सम्म निमार्णको काम सम्पन्न गर्ने गरी काम गरेको बताएको छ ।

नौ कुण्ड गाउँपालिका वडा न ५ का वडा अध्यक्ष सुजन तामाङले सडकको काम गुणस्तरीय भए सँगै ग्रामीण क्षेत्रका बस्तीमा खुसीयाली छाएको बताउनुभयो ।

स्थानीय तहको केन्द्र सम्म सडक पुराउनका लागि बहु बर्से कार्यक्रम अन्तर्गत काम गरिएको हो । करिब एक दशक अघि बाट तत्कालीन जिल्ला विकास समिति ले कृषि सडकको पहुँच कृषक माझ भन्दै निमार्णको कार्य गरिएको यो सडक कालो पत्रे भए सँगै नौ कुण्ड गाँउपालिकाकोे यार्सा, पारच्याङ, फाम्चेत, सरमथली, पाटीखर्क, ठूलोभोर्ले लगायतका हजारौँ बासिन्दालाई मुख्य राजमार्ग सँगको पहुँच बढ्नुका साथै यस क्षेत्रमा कृषकहरूले उत्पादन गरेका कृषि जन्य बस्तुहरू समेत बजार सम्म लानका लागि बाह्रै महिना सहज हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)