मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजदेखि कर्णालीको बजेट अधिवेशन


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०८२
  • 238
    SHARES

सुर्खेत- कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन आजबाट शुरु हुँदैछ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने तयारी गरेको जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको थियो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले विगतको तुलनामा यस वर्षको बजेट परिमार्जन भएर आउने बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशत कार्यान्वयन हुने अपेक्षासहित आगामी वर्षको बजेटको अंक बढेर आउने जनाउनु भयो । उहाँका अनुसार प्रदेश सरकारले सोहीबमोजिम सबै मन्त्रालयलाई बजेट सिलिङ बढाएर पठाउन निर्देशन गरेको छ ।

आउँदो बजेटमा पूर्वाधारसँगै रोजगारी र कृषिलाई प्राथमिकतामा राखिने मन्त्री उहाँको भनाई छ । प्रदेश सरकारले आयोजना छनौटमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)