शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनित


  • माउन्टेन खबर
  • सोमवार, असार १६, २०८२
  • 261
    SHARES

काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनित हुनु भएको छ । मनोनित हुनेहरुमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ हनुहुन्छ ।

न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष , श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उसभापति हुनुहुन्छ ।

तिनै नै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारणी समितिमा मनोनयन गर्नु भएको हो ।

अध्यक्ष ढकालले मनोनित तीनै जना सदस्यहरुबाट महासंघको गतिविधीलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गर्नु भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)