मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओखलढुङ्गा स्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २६, २०८२
  • 295
    SHARES

काठमाडौँ – ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको विद्यालय भवन निर्माणको शिलान्यास सोमबार अनलाइन समारोहमा गरिएको छ।

श्री स्वर्णान्तराल आधारभूत विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा निर्माण भइरहेको छ।

. भारत सरकारको अनुदानबाट कक्षाकोठा र छात्र तथा छात्राहरूको लागि शौचालय सहितको साढे तीन तल्ले विद्यालय भवन निर्माण भइरहेको काठमाडौँस्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा जनाईएको छ।

सन् २००३ देखि, भारत सरकारले नेपालमा ५७९ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (HICDPs) सञ्चालन गरिसकेको छ। यी मध्ये ओखलढुङ्गा जिल्लाका ५ परियोजना सहित कोसी प्रदेशका विभिन्न क्षेत्रहरूमा ९३ परियोजनाहरू रहेका छन् । यसका साथै, भारत सरकारले कोसी प्रदेशको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपहार दिएको छ, जसमा ओखलढुङ्गा जिल्लाका ४ वटा एम्बुलेन्स पनि समावेश छन्।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन भारत र नेपाल बिचको बहु आयामिक विकास साझेदारीको अभिन्न अङ्ग हो जसले दुवै देश बिचको मित्रताको शक्तिलाई उपयुक्त तवरले प्रतिबिम्बित गर्ने दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)