शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहोरो अङ्कले घट्यो नेप्से


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २७, २०८२
  • 199
    SHARES

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

आज ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७ को कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै समूहको उपसूचक घटेका छन् । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रु ४० करोड ३४ लाख तीन हजार ५४२ दशमलव ६० बराबरको र शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको दुई लाख ९४ हजार ७९६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)