शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २९, २०८२
  • 226
    SHARES

काठमाडौँ-  अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ ।

मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित बैंकिङ, राजस्व र अन्य सरोकारका विषयहरूमा आवश्यक समन्वय तथा सहजीकरण यही युनिटमार्फत हुनेछ । उक्त युनिटले लगानी प्रवाहमा देखिने अवरोध हटाउन र समयमै सेवा प्रवाह सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)