शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सबै जिम्मेवार भएर अघि बढौँः व्यवसायी गुरुङ


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २, २०८२
  • 104
    SHARES

काठमाडौँ – व्यवसायी मिनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार कर दिवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताउनु भयो । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । उहाँले दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरु भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताउनु भयो ।’

 

‘आफूमाथि धेरै युवाहरुको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताउनु भयो । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताउनु भयो । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्नेकुरा आफ्नो इच्छाको कुरा भएको बताउनु भयो । आफूले डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो । दशैँ,तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु, म अघि बढ्छु, कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो । आन्दोलन हुनुको पछि हाम्रो जिम्मेवारी नहुनु पनि होला । हामी जिम्मेवार भएर देश विकासमा लाग्नुपर्छ ।’

‘हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरु धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले वोध गर्दछन् भन्ने विश्वास छ । भाटभटेनिमाथि किन आक्रमण भयो भन्दा कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे । भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ, त्यही भएर डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिनेकुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न व्यक्तिहरुका बालबालिकालाई मैले एमबीबिएस पढाएको छु । टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । मेरो आफ्नो पर्सनल कुरा हो । सबै पार्टीलाई तपाईंहरु सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको छु । मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेनजी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो । त्यसका खातिर यो भोग्नुप¥यो । मैले उहाँहरुसँग लिने होइन, दिने मात्रै हो ।’

उहाँले व्यवसायीहरुले सानो मन गर्न नहुने बताउनु भयो । उहाँले आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको बताउँदै अरुले पनि त्यसैगरी दिनसक्ने बताउनु भयो । नेपालमा धेरै कुराको अवसर रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)