शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुन


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ३, २०८२
  • 244
    SHARES

काठमाडौँ-  आज नेपाली बजारमा सुनको भाउ ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

हिजो (सोमवार) ५ सय रुपैयाँले घटेको सुन मंगलवार ३ हजार ८ सयले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ । सोमवार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदविक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ ।

आज एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदविक्री भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)