शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मोल निरन्तर बढ्दो


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १०, २०८२
  • 190
    SHARES

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो । एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)