शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रभु बैंकका विप्रेषण विभाग प्रमुख शाक्य पनि पक्राउ

एक अर्ब रुपैयाँभन्दा बढी हानि पुर्‍याएको आरोप


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २६, २०८२
  • 210
    SHARES

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानि नोक्सानी पुर्याएको आरोपमा सोही बैंकका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई हिजो ललितपुर महानगरपालिका–११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैंकलाई हानि र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाइदा हुनेगरी बैंकिङ कसुर गरेको ब्यूरोको आरोप छ ।

रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसका नाममा नियमविपरीत अर्बौ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैंकलाई रु एक अर्बभन्दा बढी रकम नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ब्यूरोले नियमविपरीत ‘सुपर एजेन्ट’ बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)