शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ८, २०८२
  • 198
    SHARES

काठमाडौं –  दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मंगलबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एनएमबि बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यी दुई कम्पनीले भोली अर्थात पुस ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)