शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ८, २०८२
  • 167
    SHARES

काठमाडौँ –  पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव १६, लगानी शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बीमा शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)