शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ४७ अङ्कले बढ्यो


  • माउन्टेन खबर
  • आइतवार, पुस १३, २०८२
  • 190
    SHARES

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।

मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको २७ करोड ६० लाख ३५ हजार १९३ रुपैयाँ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)