शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार २८ अंकले बढ्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • सोमवार, पुस २१, २०८२
  • 276
    SHARES

काठमाडौं –  साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ।

३३५ वटा स्क्रिप्सको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख  ३६ हजार  ९९ रुपैयाँमा खरिदबिक्री भए। नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम आइतबारको तुलनामा वृद्धि भएको छ। आइतबार ५ अर्ब १ करोडको सेयर कारोबार भएको थियो।

पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,एसवाइ प्यानल,श्रीनगर एग्रिटेक,बन्दिपुर केवलकार र रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै बन्दीपुर केवल कारले २० करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले १७ करोड,श्रीनगर एग्रिटेकले १६ करोड र सागर डिस्टिलरीले १५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये २१४ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्।

मनु एण्ड प्रो समूहको उपसूचक ३ प्रतिशतले बढ्यो। डेभलपमेन्ट बैंक र होटल्स एण्ड टुरिजम समूहको २ प्रतिशत बढिले वृद्धि हुँदा हाइड्रोपावर,इन्भेस्टमेन्टको सेयर १/१ प्रतिशतले बढ्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)