बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय आतिथ्य महोत्सव तथा होटल एक्स्पो–२०२६ आयोजना हुने


  • माउन्टेन खबर
  • बुधबार, माघ १, २०८२
  • 85
    SHARES

काठमाडौं –  होटल संघ नेपालले आफ्नो ६०औं स्थापना दिवस राष्ट्रिय आतिथ्य महोत्सवको रुपमा आयोजना गर्ने जनाएको छ ।

२०८२ माघ २ गते शुक्रबार काठमाडौंमा आयोजना हुने मूल समारोहमा नेपालको आतिथ्य उद्योग खासगरी जेनजी आन्दोलन पश्चातको अवस्था विकासको सम्भावना र चुनौती बारे प्रकाश पार्दै नेपाल होटल एक्स्पो २०२६ र नेपाली रैथाने खाना महोत्सवको पनि आयोजना हुने संघले जनाएको छ ।

यसै अवसरमा होटल संघ नेपालले विगत ६० वर्षको प्रगतिको समीक्षा खासगरी जेनजी आन्दोलन पछिको घटना क्रममा पर्यटनका बारेमा प्रकाशित पुस्तक नेपाल होटल इयरबुक २०२६ तथा मुलुकको खाना संस्कृतिलाई पर्यटनसँग जोड्न सातै प्रदेशका ६० थरिका खाना परिकार बारेको पुस्तक नेपाल हेरिटेज कुक बुक ‘लिभिङ फ्लेभर्स’ को पनि विमोचन हुनेछ ।

 

२०८२ माघ २ र ३ गते आयोजना हुने होटल एक्स्पो २०२६ मा होटल उद्योगलाई आवश्यक पर्ने सामान, सेवा तथा नविन प्रविधिको प्रदर्शनी हुने छ ।

 

‘टेक पावरर्ड हस्पिटालिटी’ उपयुक्त प्रविधिसहितको आतिथ्य उद्योग विषयमा आयोजना हुने सो कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यासहरुको जानकारी गराइनेछ भने होटलहरुमा प्रयोग भइरहेका अटोमेसन, प्रविधि तथा प्रकृतिमैत्री व्यवसाय संचालन तथा एआई तथा प्रविधि उपयोग गरी सेवा प्रवाह लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने जनाइएको छ ।

 

सो अवसरमा संघले सातै प्रदेशका खानाहरुको प्रदर्शनका साथै आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरुलाई मौलिक नेपाली रैथाने परिकारबाट सत्कार गरिने पनि जनाइएको छ ।

 

यो कार्यक्रम ६० वर्षको गौरवमय इतिहासको उत्सवको रुपमा मात्र नभई होटल उद्योगले समग्र विकासमा खेलेको अहम भूमिकालाई समेत समीक्षा गर्ने अवसरको रुपमा लिइएको छ । विश्वबजारमा प्रतिस्पर्धी बन्दै नेपालको मौलिक आतिथ्यको फरक पहिचान तथा ब्राण्डिङ गर्न विशेष गरी नयाँ पुस्तालाई इतिहाससँग जोड्दै भावी रणनीति तय गर्ने, साथै प्रदेशमा २०२६ को वर्षैभरी विभिन्न कार्यक्रम आयोजना गर्ने पनि संघले जनाएको छ ।

 

पर्यटनको व्यापक सम्भावना बोकेको हाम्रो मुलुकमा पछिल्लो समयमा देशैभरि द्रुत गतिमा नयाँ ठूला होटलहरु खुल्ने क्रमले यसलाई व्यापकता दिएको छ । अन्तर्राष्ट्रिय चेन तथा धेरै स्वदेशी ब्राण्डका होटलहरुको संचालनबाट यस क्षेत्रमा बढ्दो आकर्षणलाई अझ उजागर गरेको छ । आन्तरिक पर्यटक बढाउँदै मुलुकका केही गन्तव्यहरु मात्र नभएर सातै प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्ने संघको ठहर छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)