मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलता अगाडि बढाउने कांग्रेसको योजना:  नेता आचार्य


  • माउन्टेन खबर
  • बिहिबार, माघ ३०, २०८२
  • 325
    SHARES

रसुवा-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलता अगाडि  बढाउने कांग्रेसको योजना रहेको वताए ।

 

नेपाली कांग्रेसको चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्। सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति कांग्रेसले अघि सारेको उनले बताए । उनले भने, ‘कांग्रेसको प्राथमिकता भनेको युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु हो ।’

 

युवालाई विदेश पलायन गराउने होइन, स्वदेशमै स्वरोजगार सिर्जना गर्ने नीति नै कांग्रेसको पहिलो प्राथमिकता रहेको उनले बताए ।

 

२०६४ सालपछि नेपाली कांग्रेसले कुनै पनि समयमा स्पष्ट बहुमतको सरकार बनाउन नसकेको उल्लेख गर्दै त्यसकै कारण जनताका अपेक्षा अनुसारका कामहरू पूरा गर्न कठिनाइ भएको उनले वताए । ‘बहुमत नभएकै कारण जनताका धेरै चाहना र मागहरू पूरा हुन सकेनन्’, उनले थपे ।

 

कांग्रेस सधैँ लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)