शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको भाउ स्थिर, चाँदीको घट्यो


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ८, २०८२
  • 105
    SHARES

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार प्रतितोला तीन लाख चार हजारसात सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य कायम रहेको हो।

यस्तै सुन प्रति १० ग्राम दुई लाख ६१ हजार दुई सय ३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहँदा नेपाली बजारमा पनि सुनको मूल्य यथावत् रहेको व्यवसायीहरूको भनाइ छ।

चाँदीको मूल्यमा भने सामान्य कमी देखिएको छ। आज चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको पाँच हजार ६० रुपैयाँभन्दा १० रुपैयाँले कम हो।

चाँदीको मूल्य प्रति १० ग्राम चार हजार तीन सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण सुनचाँदीको मूल्यमा दैनिक सामान्य परिवर्तन देखिँदै आएको छ।

व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार मूल्य थप घटबढ हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)