शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यक्ष ढकालको दाबी: १० अर्ब पुँजीको एनडीपी सञ्चालनमा, ५० अर्बसम्मका परियोजनामा लगानी सम्भव


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १२, २०८२
  • 170
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा १० अर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले उद्योगी, व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएन)को सहभागितामा एनडीपी कम्पनी स्थापना गरिएको जानकारी दिए । उनका अनुसार उक्त कम्पनीमार्फत देशका ७७ वटै जिल्लामा रहेका उद्यमी र नवप्रवर्तकले आवश्यक पुँजी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

ढकालले नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै यसबाट मुलुकमा उद्योग व्यवसाय विस्तार र सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले १० अर्ब रुपैयाँ पेडअप क्यापिटललाई इक्विटीका रूपमा प्रयोग गरी ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला परियोजनामा लगानी गर्ने आधार तयार भइसकेको बताए । कम्पनीको संरचना समेत तयार भइसकेकाले देशभरका उद्यमीलाई लगानी पहुँच विस्तार हुने उनको दाबी छ ।

अध्यक्ष ढकालले आफ्नो कार्यकालमा डेडिकेटेड र ट्रंक लाइनको भुक्तानीसम्बन्धी समस्या चर्किएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठनको पहल गरेको जानकारी दिए । उनले उक्त विषयमा गठित ‘लाल आयोग’को प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन सरकारसमक्ष आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)