मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सांसदहरुलाई ओलीको निर्देशन


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०८२
  • 138
    SHARES

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई  सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले  शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय पदाधकारीहरु सहित  प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले सांसदहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।

 

 

संसदमा प्रभावकारी र सक्रिय भूमिका खेल्नुपर्छ। सरकारले कमीकमजोरी गर्न लाग्यो भने खबरदारी गर्ने, आलोचना गर्ने काम हामीले गर्नुपर्छ। तर गलत प्रस्तावको तथ्ययुक्त ढङ्गले पुराना नजिरलाई ल्याएर खण्डन गर्न सक्नुपर्छ। ओलीले बैठकमा भन्नु भयो ।

अध्यक्ष ओलीले निर्वाचनको परिणामबाट हरेश नखाई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन दिनु भएको छ ।

ओलीले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको टिप्पणी गर्दै कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्ने बताउनु भयो । एमालेले कुनै गल्तीले, सुशासनविरुद्धको कामले,असक्षम भएर यो परिणाम नआएको ओलीको जिकिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)