मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा ७ वटा मन्त्रालय कायम गर्ने कांग्रेसको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 302
    SHARES

बागमती-  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने  निर्णय गरेको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिनुभयो । यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ ।

 

बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ । यस्तै, हाल कायम प्रदेशको मन्त्रालय सङ्ख्या १४ बाट घटाएर सात वटा कायम गर्न र कार्यान्वयन गर्न सकिने गरी मात्र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय नभएको सचेतक महर्जनले बताउनुभयो ।

प्रदेशसभाको रिक्त सभामुखमा दाबी गर्न पार्टीभित्र चर्काे दबाब रहे पनि अन्य दलसँगको सहमतिमा सभामुखको टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यहाँ विगत सात महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत साउन २७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)