सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुर काठमाडौँमा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ७, २०८३
  • 153
    SHARES

काठमाडौँ-  नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सङ्केतका बिच समीर पल कपुर काठमाडौँ आइपुगेका छन् ।उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी तीन दिन काठमाडौँमा बिताउने छन् । रास्वपा नेतृत्वमा नयाँ सरकार बनेसँगै सम्बन्ध विस्तारका लागि नेपाल आएका कपुरले काठमाडौँ बसाईका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ ।

नयाँ सरकार गठन भएपछि नेपालमा भ्रमणमा आउने सबैभन्दा वरिष्ठ विदेश कूटनीतिज्ञ कपुर नै हुन् ।

 

 

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्रीका रूपमा उनको यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

 

नेपाल भ्रमणका क्रममा कपुरले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले नेपाल सरकारका शीर्ष नेतृत्व तथा विभिन्न मन्त्रीहरूसँग द्विपक्षीय सहकार्य, क्षेत्रीय सुरक्षा र विकास साझेदारीका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

एमसिसी कार्यान्वयनमा अमेरिकी चासो

यस भ्रमणको मुख्य एजेन्डामध्ये एक मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल कम्प्याक्टको कार्यान्वयनलाई तीव्रता दिने विषय रहेको बुझिएको छ । अमेरिका लामो समयदेखि उक्त परियोजनाको प्रभावकारी कार्यान्वयनमा चासो राख्दै आएको छ ।

दक्षिण एसियामा रणनीतिक सन्देश

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एसिया मामिला हेर्ने सहायक विदेश मन्त्रीमा नियुक्त गरेका थिए । दक्षिण एसियाली सुरक्षा र कूटनीतिमा अनुभव हासिल गरेका कपुरको नेपाल भ्रमणलाई क्षेत्रीय रणनीतिक सन्दर्भमा पनि चासोका साथ हेरिएको छ । यसअघि उक्त जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए ।

द्विपक्षीय सहकार्यमा नयाँ आयामको अपेक्षा

विश्लेषकहरूका अनुसार कपुरको भ्रमणले नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम थप्ने, विशेष गरी विकास सहायता, पूर्वाधार, ऊर्जा तथा क्षेत्रीय स्थायित्वका विषयमा सहकार्यलाई थप विस्तार गर्ने सम्भावना रहेको छ ।

समीर पल कपुरको नेपाल भ्रमण केवल औपचारिक कूटनीतिक भेटघाटमा सीमित नरही, द्विपक्षीय सम्बन्ध, विकास परियोजना र क्षेत्रीय रणनीतिक सन्तुलनका हिसाबले पनि महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)