सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न कांग्रेसको माग


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ७, २०८३
  • 164
    SHARES

काठमाडौं-  नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पत्तिको स्रोतबारे उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता विषयमा पारदर्शिता र जवाफदेहिताको आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने स्पष्ट अडान पुनः दोहोर्‍याएको छ।

पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ। लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ।

विज्ञप्तिमा गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणले सार्वजनिक चासोसँगै राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको जनाइएको छ। पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका रहने भएकाले छानबिनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउने वातावरण आवश्यक रहेको पार्टीको भनाइ छ।

नेपाली कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन तत्काल सुरु गर्न माग गरेको छ। ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ उन्मुख हुने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी समेत दिइएको छ।

पार्टीले पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा आफू सधैं दृढ रहने र भविष्यमा पनि यही अडान कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)