सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गृहमन्त्री गुरुङले राजीनामा दिनु उपयुक्त हुन्छ : अध्यक्ष राई


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ८, २०८३
  • 161
    SHARES

काठमाडौँ-  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।

 

 

विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मङ्गलबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो ।

गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरू सुनिने गरेकाले उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाइ छ ।

उहाँले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “त्यो विषय वस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला ।उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अब हप्तामा दुई  तीन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।”

अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)