सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ९, २०८३
  • 159
    SHARES

काठमाडौँ –  गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

उनले मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले सार्वजनिक जीवनमा पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने भन्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा देशमा उठिरहेको आवाजलाई सम्मान गर्नुपर्ने बताएका छन्।

 

उनले जेनजी  आन्दोलनले समेत सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्।
उनले आफ्नो भनाइमा ४६ जना सहकर्मीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई प्रश्न उठ्दा त्यसको जवाफ नै नैतिकता हुनुपर्ने धारणा राखेका छन्।

साथै, आफ्नो विषयमा निष्पक्ष छानबिन हुन सकोस् र पदमा रहँदा कुनै पनि प्रकारको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

गुरुङले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिँदै आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गरेका छन्।

उनले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूप्रति सम्बोधन गर्दै यदि वास्तविक परिवर्तन चाहिने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने बताएका छन्।

उनले केही मिडियाकर्मीहरूको स्वार्थसँग जोडिएको विषयहरू समेत क्रमशः सार्वजनिक हुने संकेत गर्दै रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)