बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हर्मुज जलमार्गमा हस्तक्षेप नगर्न अमेरिकालाई इरानको चेतावनी


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 143
    SHARES

काठमाडौँ-  इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् ।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको प्रोजेक्ट फ्रिडम योजनाप्रति आपत्ति जनाउँदै हर्मुज जलमार्ग र फारसको खाडीको व्यवस्थापन अमेरिकाले गर्न नसक्ने बताएका छन् ।

‘अमेरिकाले नयाँ समुद्री व्यवस्थामा हस्तक्षेप गरे त्यसलाई युद्धविराम उल्लंघन मानिनेछ,’ उनले उल्लेख गरेका छन् ।

यसअघि ट्रम्पले प्रोजेक्ट फ्रिडमअन्तर्गत खाडी क्षेत्रमा बढ्दो तनावका बीच हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना घोषणा गरेका थिए ।

उनले विश्वका विभिन्न देशले आफ्ना जहाज सुरक्षित रूपमा सञ्चालन गर्न अमेरिकासँग सहयोग मागेको बताएका छन् ।

ट्रम्पले उक्त योजना सोमबारदेखि लागू हुने जानकारी दिँदै यदि यस मानवीय प्रयासमा अवरोध भए त्यसको कडा प्रतिकार गरिने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)