मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फिफा विश्वकप : कतार र स्विट्जरल्यान्ड १–१ को बराबरी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • 57
    SHARES

काठमाडौं –  फिफा विश्वकप २०२६ को शनिबारको खेलमा कतारले स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । बोउलेम खोउखीले इन्जुरी टाइमको पाँचौं मिनेटमा गोल गरेपछि कतार विश्वकपको इतिहासमा पहिलो अंक बटुल्न सफल भएको हो ।

२०२२ मा आफैं आयोजक भएपछि कतारले पहिलो पटक विश्वकप खेलेको थियो र सबै ३ खेलमा पराजित भएको थियो । तर २०१९ र २०२३ मा गरी लगातार दुई पटक एसियन कप जितेको कतारले यसपटक छनोट चरण पार गरेर नै विश्वकप खेलेको हो ।

अनुभवी स्विस डिफेन्डर मानुइल एकान्जीले गल्ती गर्दा कतारले तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो, तर इडमिल्सन जुनियरको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगर कोबेलले बचाउ गरेका थिए ।

स्विट्जरल्यान्डले पनि यस्तै मौका चुकाएको थियो । मिडफिल्डमा वर्चस्व जमाइरहेको स्विट्जरल्यान्डले १० औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । रिकार्डो रोड्रिगुएजले लेफ्टबाट दिएको क्रसमा डान एनडोयेले १० यार्डबाट बाहिर हान्न पुगे ।

स्विट्जरल्यान्डले अन्ततः १७ औं मिनेटमा अग्रता लिएको थियो । ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरी स्विट्जरल्यान्डलाई १७ औं मिनेटमा अग्रता दिलाएका छन् । उनले राष्ट्रिय टोलीबाट २५ औं गोल गरेका हुन् ।

तर ६ मिनेट इन्जुरी टाइमको पाँचौं मिनेटमा देब्र साइडबाट आएको सुन्दर क्रसमा कप्तान खोउखीले गोल गर्दै कतारलाई १–१ को बराबरीमा ल्याएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)