आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


  • माउन्टेन खबर
  • सोमवार, असार १, २०८३
  • 118
    SHARES

काठमाडौँ-  नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तान नेपाल अलुम्नाईसँगको सहकार्यमा नागार्जुन नगरपालिकाको वडा ४ मा ‘निःशुल्क चिकित्सा शिविर’ आयोजना गरेको गरेको छ ।

 

पाकिस्तानबाट स्नातक गरेका डाक्टरहरूले ज्येष्ठ नागरिक, महिला र बालबालिका लगायत स्थानीय बासिन्दालाई चिकित्सा सेवा प्रदान गरेको पाकिस्तानी दूतावासले जनाएको छ । त्यस अवसरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । स्वयंसेवक चिकित्सकहरूले थोरै बिरामीलाई अन्य अस्पतालमा पनि रेफर गर्नुका साथै आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको थियो ।

त्यस अवसरमा नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नागार्जुन नगरपालिकाका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेकोमा पाकिस्तानी दूतावास र अलुम्नाईलाई धन्यवाद दिनु भयो ।

अलुम्नाईका डा. दीपक मिश्राले नेपालको चिकित्सा क्षेत्रका लागि पाकिस्तानी दूतावासको प्रयासको प्रशंसा गर्नुभयो र सहयोगको लागि धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)