बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०८३
  • 61
    SHARES

काठमाडौं –   नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासत अवधि थप तीन दिनका लागि लम्ब्याइएको छ। यससँगै उनीमाथिको अनुसन्धानका लागि पाँचौँ पटक म्याद थप भएको हो।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिनको म्याद दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको म्याद यसअघि असार ९ गते सात दिन, १५ गते तीन दिन, १८ गते छ दिन र २४ गते पाँच दिनका लागि थप गरिएको थियो।

यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन भने अदालतले खारेज गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)