बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 62
    SHARES

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका हुन्।

उनले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्।

यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला तथा अफवाह सामाजिक सञ्जालमा नफैलाउन पनि उनले सबैलाई आग्रह गरेका छन्। गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने उनको भनाइ छ।

लामिछानेले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

‘विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो—नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग,’ उनले भनेका छन्।

प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै लामिछानेले सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)