शनिबार, भदौ १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 40
    SHARES

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजीका लागि अहिले सो क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन भइरहेको छ ।

 

शनिवार बिहान ९ः३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरका उद्धारकर्मीहरूले विपद्ग्रस्त मुख्य क्षेत्र (कोर जोन) मा खोजी कार्य जारी राखेका छन् । उद्धार टोलीले मेसिनरी उपकरणका साथै मानवीय माध्यमबाट पनि घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाइएको छ । उद्धार कार्यमा संलग्न टोलीकाअनुसार अगस्ट २९, २०२६ को बिहानसम्म सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको स्थलगत टोलीले प्रभावित क्षेत्रको केन्द्रभागमा केन्द्रित रहेर खोजतलास कार्यलाई तिब्रता दिएको छ ।

नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । हाल सो क्षेत्रको स्थिति र उद्धारको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)